images
images
  • सुन-चाँदीको मूल्यमा निरन्तरको गिरावट, हेर्नुस् आजको बजार भाउ

    काठमाडौं-  नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर घटेको देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

    मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको  थियो भने बुधबार (आज) सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँमा झरेको छ।

    बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि मंगलबार पनि सुन र चाँदीको भाउमा गिरावट देखिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images