काठमाडौं- साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा झरेको हो ।
करिब २ सातासम्म २६०० हाराहारीमै उतारचढाव भोगिरहेको नेप्से लगानीकर्ताको मनोविज्ञानमा हाबी भएको थियो । कहिले बढ्ने र कहिले घट्ने गरेपनि नेप्से २६०० बिन्दुभन्दा तल झरेको थिएन । लगानीकर्ताहरूले यो बिन्दुबाट बजार बढ्ने अपेक्षा गरिरहेका थिए ।
आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितोपत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















