images
images
  • कालीमाटी तरकारी बजारमा सवारीमा जोर-बिजोर प्रणाली लागू

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि आजदेखि कालीमाटी फलफूल तथा तरकारी ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

    तरकारी बजारमा भएको भीडलाई रोक्नको लागि जोर बिजोर प्रणाली लागू गरेको फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

    कालीमाटी तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने छ र जोर गतेको दिन जोर र बिजोर गतेको दिन बिजोर नम्बरको गाडी चल्ने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images