काठमाडौं- सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से १४.६७ अंकले र सेन्सिटिभ सूचक ३.०१ अंकले घटेको हो।
आज २ सय २४ कम्पनीको सेयर कारोबारमा सामेल भएकामा ४२ लाख ८७ हजार कित्तामात्रै बिक्री भएका छन्।
नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
आज लगानी समूहबाहेकका उपसूचक राताम्य छन्। आज ४६ वटा सेयर बढेका छन् भने १४१ वटा सेयरको मूल्य घटेको छ।
साताको पहिलो कारोबार दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्।
त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले पनि ४.८९ प्रतिशत आम्दानी गरेका छन्।
त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.७६ प्रतिशत गुमाएका छन्।
आज सबैभन्दा धेरै कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ करोडको, जीवन विकास लघुवित्तको १३ करोडको कारोबार भएको छ।


विश्व खबर 




















