काठमाडौं- सुनको भाउ आईतबार छ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















