images
images
  • सुनको मूल्य ओरालोमा, एक लाख कमले कारोबार

    काठमाडौं- सुनको मूल्य यो साता ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला १ लाख २ हजार ८ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार ३ समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर १ लाख २ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा म‌ंगलबार छापावाल सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भएको स‌ंघले जनायो ।

    मंगलबारको तुलनामा बुधबार तोलामा १ हजार २ सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले घटेको छ ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबारर एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images