images
images
  • पनौतीमा यस्तो बन्दैछ सिजी भिलेज, घरको मूल्य कति ?

    काठमाडौं- काभ्रे जिल्लाको पनौतीमा सिजी होल्डिङ्स अन्तर्गतको सिजी प्रोपर्टीजले २२० घरसहितको ‘सिजी भिलेज’ निर्माण सुरू गरेको छ ।

    कम्पनीले पनौतीको भण्डारी गाउँमा १ सय ११ रोपनी क्षेत्रफलमा २ सय २० युनिट घरहरु भएको आधुनिक सुविधा सम्पन्‍न सिजी भिलेज निर्माण गर्न लागेको हो ।

    परम्परागत र आधुनिक शैलीको समिश्रणबाट बनाइएका घरहरुमा आधुनिक सुविधाहरु रहनेछन् । पनौतीको सिजी भिलेजलाई ‘होलिडे होम’का रुपमा अगाडि सारिएको छ । हप्ताको ५र६ दिन काम गरेर विदाको दिन बस्‍नका लागि जाने घरको कन्सेप्टका रुपमा सिजी भिलेज पनौतीलाई उतारिएको छ ।

    अहिले परियोजनाका घरहरु धमाधम बुकिङ भइरहेको सिजी भेलेजको दाबी छ । तत्कालका लागि ४ आना क्षेत्रफलमा बन्‍ने घरहरुको बुकिङ खुला गरिएको छ ।पहिलो चरणमा बन्‍ने ४ आनाका घरको मूल्य १ करोड ७३ लाख रुपैयाँदेखि १ करोड ८७ लाख रुपैयाँसम्म तोकिएको छ ।

    दोस्रो चरणमा बन्‍ने ठूला प्लटको घरको बुकिङ खुल्न केही समय लाग्‍नेछ । अहिले बुकिङ भएका घरहरु तीन बर्षभित्र निर्माण सम्पन्‍न गरेर ग्राहकलाई हस्तान्तरण गरिसक्ने कम्पनीको लक्ष्य छ ।

    काठमाडौंबाट झण्डै १ घण्टाको ड्राइभमा पुगिने यो ठाउँबाट काठमाडौं दैनिक आउजाउ गर्न सकिने विश्वाससहित धेरै ग्राहकहरुले घर बुकिङ गर्न थालेका छन् ।

    पनौतीको सिजी भिलेजमा पुग्‍नका लागि काठमाडौंको नयाँ बानेश्वरबाट करीव ३० किलोमिटर दुरी पर्छ । बनेपा बजारदेखि पनौती भिलेजको दुरी करीव ८ किलोमिटर छ । पनौती बसपार्कबाट सिजी भिलेज पुग्‍न २ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।

    सिजी भिलेजमा निर्माण घरमा सबै बेडरुम र लिभिङ रुममा लेमिनेटेड वुड फ्लोरिङ, मोडुलर किचन, इनहोम पार्किङ, सडक बत्तिहरुका लागि पावर ब्याकअप, सीसीटीभी सर्भिलेन्स, टेलिफोन, केवल टीभी, इन्टेरनेट र इन्टरकम नेटवर्किङ, भूकम्प प्रतिरोधी मापदण्डको डिजाइन तथा निर्माणले युक्त हुनेछन् ।

    हरेक घरमा ४ वटा बेडरुम, एउटा लिभिङ रुम र किचन हुनेछन् । ग्राउन्ड फ्लोरमा गाडी पार्किङसहित लिभिङ, डाइनिङ र किचन हुने बताइएको छ । घरको पहिलो तलामा ३ वटा बेडरुम र दुईवटा बाथरुम हुनेछन् । पहिलो तलामा ८ फिट चौँडाइ र १० फिट लम्बाईको खुला टेरेस पनि हुनेछ । तेस्रो तलामा एउटा बेडरुम र एउटा बाथरुम हुने छ ।

    सिजी भिलेज परिसरमै कमर्सियल भवन हुनेछ जहाँ ग्रोसरी, क्याट्रिङ र क्लब हाउस लगायत सुविधाहरु उपलब्ध गराइने छ । ठूला घर, फराकिला सडक, खानेपानीको पर्याप्त व्यवस्था, खुला ठाउँ, गार्डेनिङ लगायत सुविधा सिजी भिलेजमा हुनेछन् ।

    काठमाडौंको भिडभाड र कोलाहलबाट टाढा शान्त र रमणिय ठाउँमा बस्‍न मन पराउनेका लागि सिजी भिलेज आकर्षक ठाउँ हुनेछ । काठमाडौंमा अत्याधिक भिडभाड हुनुका साथै घरजग्गाको मूल्य अचाक्ली बढेको छ । काठमाडौंको नजिकै सस्तो मूल्यमा हाउजिङका घरहरु खोज्‍ने बर्ग र हप्ताको ६र७ दिन शहरमा काम गरेर शान्त र रमणिय ठाउँमा बस्‍न जान खोज्‍ने एलिट बर्गलाई तार्गेट गरेर पनौतीमा सिजी भिलेज निर्माण गर्न लागेको हो ।

    पनौती भिलेजमा निर्माणाधीन घरहहरूका बारेमा थप जानकारी लिन सिजी होल्डिङ्स अन्तर्गतको सिजी प्रोपर्टीजमा सम्पर्क गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images