काठमाडौं- सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि,आइतबार सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















