images
images
  • ९३० विद्यालयको आईटी ल्याव स्थापनामा अनियमितता, ६ महिनामै विग्रिए कम्प्युटर

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका ९३० विद्यालयमा स्थापना गरेका प्रविधि प्रयोगशाला अर्थात् आईटी ल्याव विवादमा तानिएका छन् ।

    ल्याव स्थापनामा अनियमितता भएको र त्यसमा दूरसञ्चार प्राधिकरणकै कर्मचारीको मिलेमतो रहेको कुरा सुनिएको छ । आईटी ल्याव बनाउन छनोट भएका कम्पनीले सझौता अनुसारका समान नदिएको र कतिपय विद्यालयमा ६ महिना नपुग्दै कम्प्युर, ल्यापटप र प्रिन्टर बिग्रिएको बताइँदै छ ।

    प्राधिकरणले आईटी ल्याव स्थापना, सामानको आपूर्ति, तथा सञ्चालनका लागि करिब ३ अर्ब ५० करोड रुपैयाँमा म्याक्स इन्टरनेशनल, ओम्नी विजनेस र नेपा हिमा ट्रेडलिङ्कको सयुक्त्त जेभीसँग ठेक्का सम्झौता गरेको थियो । आईटी ल्याब परियोजना अन्तर्गत देशभरका ९३० विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, सर्भिलेन्स सिस्टम, स्वीच र सोलार सिस्टम दिइएको छ ।

    त्यसको अनुगमन, निरीक्षण, मूल्याङ्कन तथा प्रमाणीकरणका लागि मात्रै प्राधिकरणले ३ करोड ७३ लाख खर्च गरेको थियो । यो काम माइक्रोटेक इनर्जीको जेभीले गरेको थियो । अनुगमन रिपोर्ट समेत यसअघि नै आइसकेको छ । त्यो अनुगमन रिपोर्टले खास समस्या नदेखाएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए । तर, उनले केही विद्यालयमा सामान विग्रिएको कुरा भने स्वीकारे । उनले भने, ‘सामान विग्रिएको जानकारी आउनासाथ मर्मत भइरहेको छ ।’ ल्याव स्थापना गर्ने कम्पनीले नै कमसल खाले सामान दिएको भन्नेबारे भने उनले बताउन खोजेनन् ।

    तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा मात्रै ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको भनेर त्यो बेला आलोचना समेत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images