images
images
  • एमाले जिल्ला सदस्य र गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं- नेकपा (एमाले) को सिन्धुपाल्चोक जिल्ला सदस्य र निर्वाचित गाउँपालिका अध्यक्षसहितका नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले उनीहरूलाई माला र खादासहित अबिर लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।

    सिन्धुपाल्चोक घर भएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बसनेतले एमाले नेताहरूलाई कांग्रेस प्रवेशका लागि तयार पारेर सानेपा ल्याएका थिए ।

    पार्टी प्रवेश गर्नेहरूमा एमालेबाट बलेफी गाउँपालिका अध्यक्षमा निर्वाचित केदार क्षेत्री, एमाले जिल्ला सदस्य सुभास सुन्दास, एमालेका युवा नेता कृष्ण क्षेत्रीसहितका नेताहरू छन् । उनीहरूसँगै ठूलो संख्यामा कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेको बताइएको छ ।

    सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images