images
images
  • सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

    काठमाडौं- सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ ।

    यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ ।

    सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images