images
images
  • नेप्से १.५५ अंकले वृद्धि

    काठमाडौं- साताको दोस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको दोस्रो दिन नेप्से परिसूचक १.५५ अङ्कले उकालो लागेर दुई हजार ५४४.९४ मा पुगेको हो ।

    आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो । नेप्सेमा आज ७५ कम्पनीले नाफा कमाएका छन् भने एक सय ४३ कम्पनी गुमाएका छन् ।

    आज बजार खुलेको केही समयमा २३ अंकले बढेर २५ सय ६६ अंक पुगेको बजार दिनको अन्तिममा घटेर १ दशमलव ५४ अंकको सामान्य सुधार आएर बन्द भएको छ । कारोबार रकममा पनि केही सुधार आएको छ ।

    सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकमको कारोबार भएको छ । आज आइतबारभन्दा ११ करोड बढीको कारोबार भएको छ । आइतबार दुई अर्ब ४९ करोडको कारोबार भएको थियो ।

    सोमबार सबैभन्दा धेरै शिभम सिमेन्ट र नेपाल टेलिकमको सेयर कारोवार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै रकम गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images