images
images
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं- नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो ।

    केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले स्थगित भएको एक नेताले बताए । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको ती नेताको भनाइ छ ।

    माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् ।

    शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए ।

    आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ ।

    माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबारबाट सुरु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images