images
images
  • अविरल वर्षाका कारण चितवनका ४९७ विद्यालय बन्द

    काठमाडौं – बिहीबारदेखि परेको अविरल वर्षाका कारण चितवनका सातै पालिकाले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन् ।

    जिल्लाका सात पालिकामा सञ्चालित ४९७ विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइ चितवनले जनाएको छ । ती विद्यालयमा एक लाख ६९ हजार ३५६ विद्यार्थी अध्ययनरत छन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार निरन्तर वर्षाका कारण विद्यार्थी तथा विद्यालयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

    वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, डुबान तथा अन्य विपद्को जोखिम बढेकाले विद्यार्थीको सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images