images
images
  • प्रतिकूल मौसमले हवाई उडान प्रभावित, विमानस्थलमा यात्रुको चाप

    काठमाडौं — बिहीबारदेखि परेको निरन्तर वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा देशका विभिन्न गन्तव्यमा हवाई उडान प्रभावित भएको छ ।

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिबिलिटी कम भएपछि उडान प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइटसमेत स्थगित गरिएको छबुद्ध एयरले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत आन्तरिक गन्तव्य तथा भारतको वाराणसी र कोलकातामा उडान गर्दै आएको छ ।

    यतीका उडानमा पनि ढिलाइ हुन सक्ने

    यती एयरलाइन्सले प्रतिकूल मौसमका कारण आफ्ना उडानमा ढिलाइ तथा समय परिवर्तन हुन सक्ने जनाएको छ ।

    एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था जाँच गर्न अनुरोध गरेको छ ।

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम भिजिबिलिटीका कारण पोखरा उडान सञ्चालन हुन सकेको छैन। मौसमका कारण अन्य गन्तव्यका उडानसमेत निर्धारित समयमा सञ्चालन हुन नसकेको उनले जानकारी दिएका छन् ।

    आन्तरिक उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चापसमेत बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images