काठमाडौं– निरन्तर वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्न नदिन मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना देखाएको तथा वर्षा लगातार भइरहेकाले जलाशयको सतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिएका छन् ।
उनका अनुसार हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२ दशमलव ७५ मिटर रहेको छ । तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले जल सतह धेरै बढ्न नदिइएको उनले बताएका छन् ।
कुलेखानी आयोजनाको कुल १०६ मेगावाट क्षमतामध्ये पहिलो युनिटबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
जलाशयको जल सतह एक हजार ५२७ मिटर पुगेपछि सम्भावित जोखिमबाट सर्वसाधारणलाई सचेत गराउन साइरन बजाउने व्यवस्था गरिएको प्रमुख राउतले जानकारी दिएका छन् ।


विश्व खबर 


















