images
images
  • एकीकृत समाजवादीको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौ- सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले चुनाव र एमसीसीबारे छलफल गर्न पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार पोलिटब्युरो बैठक फागुन २३ गते सोमबार र केन्द्रीय कमिटी फागुन २५ तथा २६ गते बस्नेगरी बोलाइएको छ । बैठक अपर्ण पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

    बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे र हालै संसदबाट अनुमोदन भएको एमसीसीबारे छलफल हुनेछ । ‘केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनसहित अन्य केही प्रतिवेदनहरू पेश हुनेछन्’, प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘ठुलो उर्जाका साथ पार्टी पंक्तिलाई निर्वाचनमा जान निर्देशन दिइने छ ।’

    एकीकृत समाजवादीका नेताहरुका अनुसार आगामी बैशाख ३० गते एकै चरणमा हुने स्थानीय तह निर्वाचनका लागि अन्य दलसँग गर्ने तालमेल लगायतका विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images