काठमाडौं- संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बैठक सात मिनेट ३६ सेकेन्ड बसेर सकिएको हो ।
बुधबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमालेले अवरोध गरेको थियो । एमालेले पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) मा आबद्ध १४ सांसदहरूको सूची सभामुखले टाँस्नुपर्नेलगायत माग राख्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको हो ।
एमालेकै अवरोधबीच बुधबारको बैठकमा सूचना आयोगको प्रतिवेदन प्रस्तुत गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेस गरेका हुन् ।
प्रतिवेदन पेस गरेपश्चात् सभामुख अग्निप्रसाद सापकाटाले यही फागुन २२ गतेसम्मलाई संसद् बैठक स्थगन गरेका छन् ।
अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।


विश्व खबर 


















