images
images
  • नेपाली कांग्रेसको ६ जिल्लाको अधिवेशन जारी

    काठमाडौं- नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्र्तगत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्र्तगत सोमबार मतदान भइरहेको हो ।

    क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।

    पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए ।

    निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images