काठमाडौं- साताको पहिलो दिन आज (आइतबार) झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
आज ३ अर्ब २७ करोड रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका १३ मध्ये दुई समूहमा सुधार आएको छ । जलविद्युत समूह ३४ अंक र अन्य समूहमा १५ अंकले सुधार आएको हो ।
यसबाहेक, कारोबारमा आएका अन्य सबै समूहमा गिरावट आएको छ । आज कारोबार भएकामध्य जीवन बीमा समूहमा ११६ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ७१ अंकले घटेको छ । यस्तै, निर्जीवन बीमा समूहमा ३२ अंकले तथा लघुवित्त समूहमा ३१ अंकको गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















