२ असार २०७८, बुधबार   |  June 16, 2021
advertisement of bishwo khabr
Tika Gurung

मालीमा सैनिक कु,राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा

मालीमा सैनिक कु,राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा


काठमाडौं । मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। सरकारले पुर्नगठन हुंदा सेनाका दुई उच्च अधिकारीको जिम्मेवारी फेरिएको केही घण्टामा सेनाले अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको हो।

प्रधानमन्त्री ओउनले एफपीसंग कुरा गर्दै अन्तरिम उपराष्ट्रपति कर्णेल असिमी गोइटा निकट सेनाका अधिकारीले आफुलाई प्रक्राउ गरेको बताएका छन् । असिमी गत वर्ष कु हुंदाका मुख्य नेता हुन ।

गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार उनिहरुलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको रोयटर्सले जनाएको छ ।

सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नै नियन्त्रणमा लिएपछि मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय संघ संस्थाले त्यसको विरोध जनाएका छन् । उनिहरुले विनासर्त रिहा गर्न माग गरेका छन् ।

बाह र ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी दिइएको थियो । तर, सेनासंग उनिहरुको सम्बन्ध बिग्रेपछि फेरी द्धन्द्ध बढेको हो । सेनाले मुख्य मुख्य पदमा आफ्ना मान्छेहरु राख्न थालेपछि राष्ट्रपति र प्रधानमन्त्री असन्तुष्ट थिए । सोमबार प्रधानमन्त्रीले मन्त्रिपरिषदको हेरफेर गरेका थिए । त्यसमा सेनाको असन्तुष्टि थियो ।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो। मालिको उत्तरी क्षेमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको छ । सेनाको यस्तो कदमले थप अन्यौलता सिर्जना गर्ने अन्र्तराष्ट्रिय संचार माध्यमहरुको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n