images
images
  • नेकपा एसको स्थायी कमिटि बैठक जारी

    काठमाडौं- नेकपा एस (एकीकृत समाजवादी) को स्थायी कमिटि बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

    बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पार्टीको साझा धारणा तय गरिने जनाइएको छ ।

    नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ ।

    अध्यक्ष माधव कुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् ।

    आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने भएपछि साझा धारणा बनाउन बैठक डाकिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images