images
images
  • देउवा-ओली भेटवार्ता सकियो, साँझ ७ बजे फेरी बस्ने

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

    ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्न परियारले भने ।

    दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री ईश्वर पोखरेल र एमालेसंसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी थिए ।

    एमसीसीमाथि छलफल गर्नेगरी बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री देउवा र एमाले ओलीसहितका नेताहरुको बैठक साँझ ७ बजे फेरि बस्ने गरी सकिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । उनका अनुसार बैठक बेलुका ७ बजे बालुवाटारमा बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images