images
images
  • एमालेले प्रधानमन्त्रीलाई ब्ल्यांक चेक दिँदैन- योगेश भट्टराई

    काठमाडौ- नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताए ।

    ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ,’ बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा भट्टराईले भने, ‘तर एमालेले ब्ल्यांक चेक दिँदैन ।’

    उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको बताए । ‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ, तर वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो,’ भट्टराईले भने, ‘यसले मुलुकलाई अन्तर्रार्ष्टिटयरुपमा बेइज्जत गरेको छ । यसको सबै जिम्मा गठबन्धनले लिनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images