images
images
  • प्रतिनिधिसभा बैठक स्थगितपछि प्रधानमन्त्री देउवा-ओलीबीच भवनभित्रै भेट

    काठमाडौंं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले बैठकमा छलफल गर्ने वातावरण नबनेपछि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

    संबैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले अहिले संसद् भवनमै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरिरहेका छन् । भेटमा कांग्रेस महामन्त्री गगन थापा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत छन् ।

    सरकारले एमसीसी सम्झौता संसद्‍मा पेस गरे पनि त्यसमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसबारे सत्ता गठबन्धनभित्र चर्को मतभेद छ ।

    सदनमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन् । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुगेका हुन्

    प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले साथ छाडेको अवस्थामा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिने गरी छलफल अघि बढाएको स्रोतको भनाइ छ । उनले एमालेसँग संवादकै लागि बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images