images
images
  • सुन मूल्य ह्वात्तै बढ्यो, यस्तो छ आजको बजारमूल्य

    काठमाडौं- नेपाली बजारमा सुनको भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

    यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images