images
images
  • राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्तौलाको राजीनामा

    काठमाडौं- राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

    कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।

    पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताएका छन् ।

    274057985 1607984606266896 1338648931057501831 n.png

    प्रतिक्रिया दिनुहोस्
    images
    images