images
images
  • सुनको मूल्य ४०० ले घट्यो, यस्तो छ आजको बजारमूल्य

    काठमाडौं- सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images