images
images
  • नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय

    काठमाडौं- सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

    थपप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

    थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबइङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।

    हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र अहिले एआईजीमा बढुवा हुने उनको टोलीका अधिकृतमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images