images
images
  • संसद बैठकमा एमाले सांसदको नाराबाजी

    काठमाडौं- प्रतिनिधिसभा बैठक सुरु भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

    एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images