images
images
  • डा. तारानाथ शर्माको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    डा.शर्माको मंगलबार निधन भएको थियो । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा. शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    धिकारिक फेसबुक पेजमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा। तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

    PaPa.JPG

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images