images
images
  • एकैदिन १२०० ले बढ्यो सुनको मूल्य, यस्तो छ आजको सुनचाँदीको बजारभाउ

    काठमाडौं – सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ ।

    चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images