काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले आइतबार संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले एमसीसी विरुद्ध सम्पूर्ण नेपालीहरु नै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।





तस्बिर: रामकृष्ण आचार्य
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















