images
images
  • मसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

    सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नी प्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो । एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् ।

    एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध दिउसो एक बजे विरोध प्रदर्शन गर्दैछन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

    सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images