images
images
  • एकीकृत समाजवादीकी नेतृ शाह भन्छिन्- ‘एमसिसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्’

    अछाम- नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

    राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं, राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

    कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,ु उनको भनाइ छ । उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images