images
images
  • सुनको मूल्यमा ५०० ले वृद्धि, यस्तो छ आजको बजार मूल्य!

    काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो ।

    यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images