images
images
  • काठमाडौंमा प्रतिव्यक्ति चार आना जग्गा मिलाइदिने प्रलोभनमा सुकुमबासी ठग्ने दुई जना पक्राउ

    काठमाडौं- भूमि आयोगका मान्छे हुँ भन्दै सुकुम्वासी ठग्ने झापा भद्रपुर नगरपालिका–३ का ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    उनीहरुले सुकम्वासीलाई प्रतिव्यक्ति चार आना जग्गा मिलाइ दिने प्रलोभनमा फारम बेच्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले प्रति फाराम ५० हजार रुपैयाँ असुल गरेका थिए । उनीहरु ‘आफूलाई भूमि आयोगले खटाएको’ भन्दै उपत्यकाभित्रका सुकुम्वासी बस्ती छिर्ने गरेका थिए ।

    उनीहरुबाट प्रहरीले भूमि आयोग लेखिएको लेटर हेड, प्रिन्टर, रेकर्ड फाइल लगायतका सामाग्री बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images