images
images
  • सुनको मूल्य एक सयले बढ्यो

    काठमाडौं- साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ ।

    शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक   हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images