
काठमाडौं-गैरआवासिय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्ट मदिरा उद्योगबाट बाहिरिने भएका छन् ।टीबीआइ ग्रुप अन्तर्गत रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुअरीको सम्पूर्ण स्वामित्व २५ करोड रुपैयाँमा बिक्री गर्न लागिएको हो ।व्यवसायीहरु गोकुल भण्डारी, सुदिप आचार्य, रविन्द्रमान श्रेष्ठलगायतको समूहले नेपाल ब्रुअरी किन्न लागेको हो ।
‘२५ करोड रुपैयाँमा नेपाल ब्रुअरी किन्ने फाइनल डिल भइसकेको छ,’ स्रोतले भन्यो, ‘खरिदबिक्री सम्झौता पनि तयार भइसकेको छ, हस्ताक्षर हुन बाँकी छ ।’स्रोतका अनुसार केही प्राविधिक कुरा भने मिलेको छैन । प्राविधिक कुरा मिलेको खण्डमा २/४ दिनमै खरिदबिक्री सम्झौतामा हस्ताक्षर हुनेछ ।
‘प्रारम्भिक ड्यु डेलिजेन्स अडिट (डीडीए) भए पनि अन्तिम डीडीए भने हुन बाँकी नै छ,’ स्रोतले भन्यो, ‘९९ प्रतिशतमात्रै फिक्स छ ।’टीबीआई ग्रुपका प्रबन्ध निर्देशक शिशिर भट्टले उपयुक्त मूल्य पाए आफूहरु नेपाल ब्रुअरी बिक्री गर्न तयार रहेको बताए । तर अहिले अन्तिम डिल भएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको उनले प्रष्ट पारे ।
‘उपयुक्त मूल्य पाए हामी नेपाल ब्रुअरी बिक्री गर्न तयार छौं,’ भट्टले भने, ‘धेरैवटा डिल भएका छन्, फाइनल डिल कसैसँग पनि भएको छैन ।’सन् १९६६ जनवरीमा स्थापना युनाइटेड ब्रुअरीका नाममा स्थापना भएको कम्पनी हेटौंडाको औद्योगिक क्षेत्रमा छ ।कम्पनीले १९७२ देखि उत्पादन गर्दै आएको छ । सन् २०११ देखि यसको पूर्णस्वामित्व भवन भट्टसँग छ ।
भट्टले किनेपछि कम्पनीको नाम परिवर्तन गरी नेपाल ब्रुअरी राखिएको हो । कम्पनीले स्टार बियरको अतिरिक्त माइटी शेर्पा ब्राण्डमा समेत बियर उत्पादन गर्छ ।भट्ट जापानमा रहेर व्यवसाय गर्छन् । जापानमा उनका धेरै रेस्टुराँ छन् । पछिल्लो समय यो व्यापारिक समूहले नेपालमा पनि लगानी बढाउँदै गएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको ब्रुअरी बिक्री गर्ने प्रारम्भिक सहमति केही दिनअघि भएको हो।करिब ५० वर्ष पहिले नेपाल ब्रुअरीको नाममा खुलेको उद्योग बीचमा भारतीय व्यवसायी विजय माल्याले खरिद गरी युनाइटेड ब्रुअरी नेपाल नामाकरण गरेका थिए। सोही ब्रुअरीबाट माल्याले किङफिसर ब्रान्डको बियर उत्पादन गरी भारत निर्यातसमेत गर्दै आएका थिए।
ब्रुअरी पछि तेजेन्द्र खड्का र भारतीय व्यापारी प्रिन्स बत्राले मिलेर सञ्चालन गरेका थिए। भट्टले उनीहरूबाटै ब्रुअरी खरिद गरेका थिए। भट्टले किनेपछि उक्त ब्रुअरीको नाम फेरि नेपाल ब्रुअरी नै बनाइएको थियो। ब्रुअरी भवन भट्टको एकल स्वामित्वमा रहेको छ। ब्रुअरी बिक्रीका लागि भवन भट्टका तर्फबाट उनका काका भव भट्टले समन्वय गरिरहेका छन्। ब्रुअरी खरिदरबिक्रीका लागि ३० करोड रुपैयाँमा डिल भएको कम्पनी स्रोतले जानकारी दियो। भारत, जयपुरका व्यापारी अभय सिंहले उक्त ब्रुअरी किनेका हुन्। नेपालमा उनले ब्रुअरीसहित विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
दुई पक्षबीच खरिदरबिक्रीको सबै कुरा मिलिसकेको र स्वामित्व हस्तान्तरणका लागि कागजी प्रक्रिया सुरू भइसकेको छ। सिंहले तेजेन्द्र खड्काको पालामा पनि उक्त ब्रुअरीमा लगानी गरेको र पछि लफडा परेपछि बाहिरिएका थिए। नवलपरासीको बर्दघाटमा रहेको डिस्टिलरीमा समेत सिंहले लगानी गरेका छन्।
उक्त ब्रुअरीका नाममा कामना सेवा विकास बैंकबाट १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाको समेत गरी करिब १७ करोड रूपैयाँ ऋण रहेको छ। पछिल्लो समय भट्टले ब्रुअरी राम्रोसँग सञ्चालन गर्न सकेका थिएनन्। भट्ट आफू सन्यासी बनेको भन्दै हिँडिरहेका छन्। जापानमा रहने उनी कोरोमा महामारीयता जापान गएका छैनन्।
भट्टले नेपालमा जुन क्षेत्रमा लगानी गरेका छन्, ती कुनै पनि अहिले राम्ररी चल्न सकेका छैनन्। मोमेन्टो गार्मेन्ट किनेका उनले त्यो पनि चलाउन सकेनन्, जुन विवादको भूमरिमा फस्यो। त्यसैगरि बीबी एयरवेजमा अर्बौं लगानी गरे तर वर्षदिन पनि चल्न सकेन। धुलिखेलको डीएमआर रिसोर्ट किनेका भट्ट अहिले त्यो पनि बिक्री गर्न चाहन्छन्। तर हालसम्म भट्टले डीएमआर किन्ने उपयुक्त व्यक्ति भेट्न नसकेकाले बेच्न सकेका छैनन्।
यो समूहको प्रवद्र्धनमा लिवर्टी कलेज, कारोबार दैनिक, धुलिखेल माउन्टेन्ट रिसोर्ट, बीआइडी अटोमोवाइल्स, बीबी होलिडेज सञ्चलनमा छन् । यो समूहको बीबी एयरवेज भने बन्द छ । त्यसैगरी, यो समूहले ग्लोबल आइएमइ बैंक लगायत केही बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्