काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ निकट विद्यार्थी संगठनले टायर बालेर प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडौं त्रिचन्द्र क्याम्पसअगाडि बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै देउवा सरकारविरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरेको थियो।
यसअघि २०७० साल फागुन ३० गते भएको समायोजन अनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















