images
images
  • वर्तमान सरकारलाई देशको चिन्ता छैन, गठबन्धनले देशलाई ओरालोमा पुर्‍याए : अध्यक्ष ओली

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाएका छन् ।

    बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई गठबन्धनले ओरालो यात्रामा पुर्याएको बताए ।

    उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ ।’ जनताप्रति सरकार र गठबन्धन अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था समेत डामाडोल बनाएको ओलीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images