images
images
  • एमालेबाट निकालिएपछि रामकुमारी झाँक्रीले भनिन्- बालै फरर

    काठमाडौं । पार्टी अध्यक्ष ओलीले एमालेबाट निष्काशन गरेपछि नेत्री रामकुमारी झाँक्रीले छोटो र घुमाउरो तरिकाले प्रतिक्रिया दिएकी छिन् ।

    गएराति उनले ट्विटरमा आफ्ना भनाइ राख्दै देउरालीको चौतारीमा हावा सरर…….बगाएर लाने भो माया तिमीलाई बालै फरर…..भनेकी छिन् ।

    उनले भन्न खोजेको स्पष्ट नभए पनि पार्टीबाट निष्काशनको निर्णयले आफूलाई कुनै असर नपरेको भन्न खोजेको देखिन्छ।

    पहिलो पटक प्रतिनिधिसभा विघटन गर्नुअघि देखि नै झाँक्री प्रधानमन्त्री ओलीका गतिविधि र सरकारको कडा आलोकका रुपमा प्रस्तुत हुँदै आएकी थिइन् ।

    गत पस ५ गते ओलीले संसद विघटन गरेपछि उनी त्यस कदम विरुद्धको अभियानमा देशका विभिन्न ठाउँमा पुगेकी थिइन् । गोरखामा पुगेर उनले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिका विरुद्ध ओली समूहका व्यक्तिहरुले प्रहरीमा उजुरी नै गरेका थिए ।

    अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरेपछि तत्कालीन नेकपामा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ताहरूको व्यापक दवावपछि केही घण्टामा झाँक्री छुटेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images