images
images
  • विदेशी अतिथिको स्वागत गर्न पहिलोपटक आफैं विमानस्थल पुगे सी, चीनको लागि किन महत्त्वपूर्ण छन् ट्रम्प ?

    काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत गर्न आफै‌ विमानस्थल पुगेका छन् । यसलाई एउटा औपचारिक स्वागत मात्र नभई निकै सोचविचार गरेर तय गरिएको एउटा महत्त्वपूर्ण कूटनीतिक सन्देशको विश्लेषण गर्न गरिएको छ।

    विश्लेषकहरुका सी जिनपिङले यस्तो स्वागतको महत्त्व राम्ररी बुझेका छन् । राष्ट्रपति बनेपछि उनले पहिलोपटक कुनै विदेशी नेताको स्वागत गर्न आफैँ विमानस्थल पुगेको बताइएको छ।

    यसको एउटा कारण अमेरिकाले यसअघि देखाएको कूटनीतिक शिष्टाचार पनि हो। यसै वर्ष अमेरिकी राष्ट्रपति ट्रम्प पनि वासिङ्टनको विमानस्थलमा पुगेर सी जिनपिङको स्वागत गरेका थिए। अहिले चिनियाँ राष्ट्रपति सीले त्यसैको जवाफमा ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका हुन्।

    तर यसको सन्देश यतिमा मात्र सीमित नहुने विश्लेषकहरुको भनाइ छ। ट्रम्प व्यक्तिगत सम्मान, औपचारिकता र आफ्नो हैसियतलाई निकै महत्त्व दिने नेता हुन् भन्ने कुरा सी जिनपिङलाई राम्ररी ज्ञात भएको उनीहरुको भनाइ छ।

    5cb47872 cd82 44f5 ad57 3233781c24d8.jpg

    त्यसैले स्वागतको जिम्मेवारी अरू कसैलाई नदिई आफैँ विमानस्थल पुगेर सीले ट्रम्पप्रति विशेष सम्मान प्रकट गरेका छन्। यसबाट ट्रम्पले आफूलाई चीनले निकै महत्त्वपूर्ण दिएको अनुभूति गराउने अर्थमा लिइएको छ।

    सी जिनपिङले यस्तो सद्भावपूर्ण संकेतले व्यापार, ताइवान र प्रविधि जस्ता संवेदनशील विषयमा हुने छलफललाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरेको हुन सक्छ।

    यस्तो कदम चाल्दा सीले आफ्नो प्रतिष्ठामा आँच आउन दिने जोखिम पनि मोल्नुपरेको छैन। किनभने ट्रम्प, सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको यो अभूतपूर्व शिखर सम्मेलनको सम्पूर्ण रूपरेखा र व्यवस्थापन यसअघि नै चीनको नियन्त्रणमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images