काठमाडौं– निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाउने भएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सोही बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) डा.मनोज केसीलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्






















