images
images
  • जेठ ४ गते स्थानीय निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आयोगको सुझाव

    काठमाडौं- निर्वाचन आयोगले २०७९ जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ ।

    आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । ‘हामीले त वैशाख ३१ भित्र निर्वाचन गरौं भनेका हौं, तर जेठमा गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था छैन,’ स्रोतले भन्यो, ‘मितिबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।’

    जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images