images
images
  • देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता: प्रचण्डले गरे एमसीसी संशोधनको प्रस्ताव

    काठमाडौं- सत्ता साझेदार दलका तीन शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

    सोमबार बालुवाटार पुगेका प्रचण्ड र माधव नेपाल ले प्रधानमन्त्री देउवासँग एमसीसी र एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images