images
images
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै उजुरी

    काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।

    ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग गर्दै अभिजित अधिकारी र विरेन्द्र मडैले उजुरी दिएका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू कोभिड संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई कोरोना संक्रमण फैलाउने काम गरेको आरोप उजुरीमा लगाइएको छ ।

    “आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुनबमोजिम आवश्यक कारबाही गरी पाँऊ । निज केपी शर्मा ओलीको उक्त उपस्थिति र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथै आम जनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरू कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ,” उजुरीमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images