images
images
  • कालिन्चोक केबलकारले आईपीओ जारी गर्ने, १ लाख २० हजार जनालाई १०–१० कित्ता पक्का

    काठमाडौं- दोलखाको कालिन्चोकमा सञ्चालनमा रहेको कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

    आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि उक्त सेयर बिक्री खुलाउने छ ।

    बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा कालिन्चोक दर्शनको काठमाण्डौको गौशालास्थित कार्यालयमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले आज हस्ताक्षर गरेका छन्।

    कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ बिक्री खुलाउन लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images