काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव खड्किदा पनि घरजग्गामा बैंकको कर्जा प्रवाह उत्साहजनक नै देखिएको छ ।
चालु आर्थिक बर्ष २०७८र७९ को पहिलो पाँच महिना (साउन-मंसिर)मा घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ३८ अर्ब ५७ करोड रुपैयाँ थपिएको छ ।
पाँच महिनाको अवधिमा व्यक्तिगत आवासिय घरकर्जातर्फ १५ अर्ब २७ करोड र रियलस्टेटतर्फ २३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले अधिकतम डेढ करोड रुपैयाँसम्मको घरकर्जालाई व्यक्तिगत आवासिय कर्जामा गणना गर्छ भने त्यसभन्दा माथिको कर्जा रियलस्टेट कर्जामा गणना हुन्छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंकहरुको घरजग्गामा कुल कर्जा लगानी ५ खर्ब २० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ जसमध्ये ३ खर्ब १३ अर्ब ५४ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा हो भने २ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ रियलस्टेट कर्जा हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार रेसिडेन्सियल रियलस्टेटतर्फ पाँच महिनामा ७ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ५ अर्ब १९ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ३३ करोड, अन्य रियलस्टेटमा ९ अर्ब ८४ करोड जग्गा खरिद तथा प्लटिङ गर्न ९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।


विश्व खबर 




















