images
images
  • नेपालको जनसंख्या: पुरुषभन्दा महिला धेरै

    काठमाडौं- २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

    कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।

    जसअनुसार पुरुषको जनसंख्याको प्रतिशत ४८.९६ र महिलाको जनसंख्याको प्रतिशत ५१.०४ प्रतिशत रहेको छ । तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ ।

    हेर्नुस यस्तो छ तथ्यांक:

    popu1 fwvwRskw8y

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images